काठमाडौँ — पछिल्लो २४ घण्टामा २ हजार ३ सय ४० जना कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किएका छन् ।
यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ६७ हजार ५ सय ४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १० लाख ९९ हजार २ सय ७६ परीक्षणहरु गरिएका छन् ।
त्यसैगरी २४ घण्टामा जम्मा ११ हजार ४७ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार २ सय २१ जना रहेका छन् ।