यसवर्ष भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार ब्ल्याक होल र तारापुञ्जकोबारेमा महत्वपूर्ण अध्ययन गर्ने तीन वैज्ञानिकलाई दिएको छ ।
रोयल स्विडिस एकेडेमी अफ साइन्सले मंगलबार रोजर पेनरोजलाई ब्ल्याक होलबारे गरेको अध्ययनमा र रिनहार्ड गेनजल र आन्द्रे गेजलाई तारापुञ्जबारे गरेको अध्ययनमा नोबेल पुरस्कार प्रदान गरिएको घोषणा गरेको हो।
‘ब्ल्याक होलको गठन सामान्य सापेक्षताको सिद्धान्तको एक राम्रो भविष्यवाणी हो’ भनेर रोजरले अध्ययन गरेका थिए।
त्यस्तै रिनहार्ड र आन्द्रेले तारापुञ्जको केन्द्रमा दबिएर बसेका ठूलो बस्तु पत्ता लगाएका थिए।