• शुक्रबार, साउन १५ २०८३

मंगलबार कोरोनाबाट थप ९ जनाको मृत्यु


मंगलबार, असोज २० २०७७
575
Shares


नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा थप ९ जना संक्रमितको मृत्यु भएको हो।

मृत्यु हुनेमा ४ महिला र ५ जना पुरुष रहेका छन्।

मृत्यु हुनेमध्ये काठमाडौँका दुई, ललितपुर र नवलपरासीपूर्वकी एकरएक गरी ४ महिला रहेका छन्। त्यस्तै ललितपुरका २, चितवन, तेह्रथुम र सुनसरीका एक/एक जना पुरुषको पनि संक्रमणबाट ज्यान गएको मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ६३ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार