• सोमबार, साउन ११ २०८३

मंगलबार थप १५ सय ५१ जनामा संक्रमण पुष्टि


मंगलबार, असोज २० २०७७
970
Shares


नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ५ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण भएको बताए।

प्रवक्ता गौतमका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या २२ हजार ७०९ रहेको छ।

त्यतै देशभरमा संस्स्थागत आइसोलेसनमा ९ हजार १ सय १८ जना रहेका छन्।

पछिल्लो २४ घण्टामा थप ११ हजार ४७ पीसीआर परीक्षण भएसँगै अहिलेसम्म भएको परीक्षणको संख्या १० लाख ९९ हजार २ सय ७६ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप जना २ हजार ३ सय ४० कोरोना संक्रमणबाट निको भएका छन्। योसँगै निको हुनेको संख्या ६७ हजार ५ सय ४२ पुगेको छ।

यो कूल संक्रमितको ७४.३ प्रतिशत हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार