• आइतबार, भाद्र ७ २०८३

सरकारी टोली पुग्यो डा. केसीलाई भेट्न शिक्षण अस्पताल


मंगलबार, असोज २० २०७७
715
Shares


२३ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई भेट्न सरकारी टोली त्रिवि शिक्षण अस्पताल पुगेको छ।

शिक्षासचिव गोपी मैनाली मंगलबार केसीलाई भेट्न शिक्षण अस्पताल गएका हुन्।

सचिव मैनालीले केसीलाई सत्याग्रह स्थगित गर्न अनुरोध गरे तर, केसीले सत्याग्रह स्थगित नगर्ने अडान राखे। उनले सरकारका प्रवक्ताकै भनाइअनुसार नै अभिव्यक्ति आएको र त्यसका लागि दुःख गरिरहन नपर्ने बताएका थिए।

केसी सत्याग्रहमा लामो समयदेखि बस्दा स्वास्थ्य अस्वस्थ गम्भीर बन्दै गए पनि सरकारले वार्ताका लागि कुनै पहल गरेको छैन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार