• आइतबार, भाद्र ७ २०८३

मंगल ग्रह यो महिनाभर पृथ्वीबाट देखिने, आज यो नेपाली समयमा देख्न सकिन्छ !


मंगलबार, असोज २० २०७७
1K
Shares


रातो ग्रहको नामले चिनिने सौर्यमण्डलको मंगल ग्रह अक्टोबर महिनामा पृथ्वी नजिक आएको छ।

नजिक आएको कारण यो महिनाभर रातको समयमा पृथ्वीबाट मंगल ग्रह स्पष्ट रुपमा देख्न सकिने वैज्ञानिकहरु बताउँछन्।

हरेक बेलुका पूर्वबाट रातो ताराजस्तो देखिने बस्तु मंगल ग्रह हो, जुन बिहान पश्चिम तिर देखिने बताइएको छ।

वैज्ञानिकहरुका अनुसार यसअघि सन् २००३ मा मंगल ग्रह पृथ्वी नजिक आएको देखिएको थियो।

यस महिनापछि अब एकैपटक सन् २०३५ मा मात्र यो ग्रह पृथ्वीको नजिक आउने बताइएको छ।

आज मंगलबार राति नेपाली समयअनुसार ८ बजेर ३ मिनेट जाँदा मंगल ग्रह पृथ्वीको सबैभन्दा नजिक आउनेछ र त्यसलाई हामीले देख्न सकिने सीएनएनले जनाएको छ।

त्यसबेला मंगल ग्रह पृथ्वीभन्दा ३ करोड ८५ लाख ८६ हजार ८१६ सय माइल टाढा हुनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार