• शुक्रबार, साउन १५ २०८३

बहराइनका राजकुमारको मनास्लु यात्रा आजदेखि


मंगलबार, असोज २० २०७७
950
Shares

काठमाडौं । बहराइन रोयल फोर्सको टोली मंगलबारबाट दोस्रो मिसनमा लाग्ने भएको छ । करिब दुई महिना नेपाल बसाईका लागि आएको यो टोलीले शनिबार बिहान लोबुचे हिमाल आरोहण गरेको थियो ।

यो टोलीमा बहराइनका राजकुमार नासिर बीन हमद समेत सहभागी छन् ।

राजकुमारसहितको १८ जना रोयल फोर्सको टोलीले दुई दिनको आरामपछि मंगलबारबाट मनास्लु मिसन थाल्ने पर्यटन विभागकी निर्देशक मिरा आचार्यले जानकारी दिए ।

कुनै एक जनामा पनि स्वास्थ्य समस्या नदेखिएको र सबैले सफलतापूर्वक हिमाल आरोहण गरेको र फर्किएको पर्यटन विभागको भनाइ छ ।

सगरमाथा आधार शिविर हँदै लोबुचे हिमाल (६११९ मि) आरोहण गरेका बहराइन रोयल फोर्सका सबै सदस्य सकुसल काठमाडौं आएका छन् । बहराइनका राजकुमारसहितको टोली ८ असोजमा लुक्ला पुगेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार