गोरखा । मंगलबार गोरखामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको विज्ञप्तीमा सिरानचोक गाउँपालिका वडा नम्बर ३ का २२ बर्षिय युवकमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशक डा विनोद बिन्दु शर्माले जानकारी दिए ।
उनको चितवन मेडिकल कलेजमा परिक्षणका क्रममा रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।