• शुक्रबार, साउन १५ २०८३

कोरोनाबाट थप एकको मृत्यु


मंगलबार, असोज २० २०७७
715
Shares


काठमाडौँ । कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

धरान उपमहानगरपालिका–३ का ६४ वर्षीय पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान ४ बजेर २० मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले बताए ।

उनका अनुसार विगतमा क्षयरोग भएका ती व्यक्ति पछिल्लो समय मधुमेहले पनि पीडित थिए ।

खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि प्रतिष्ठानमा भर्ना गरिएका उनको असोज १२ गते पीसीआर जाँच गरिएको थियो । रिपोर्टमा कोरोना पोजिटिभ देखिएपछि सोही दिन कोभिड–१९ अस्पताल लगिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार