• शनिबार, साउन १६ २०८३

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु


मंगलबार, असोज २० २०७७
935
Shares


नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । नोबेल मेडिकल कलेज बिराटनगरमा उपचाररत मोरङ कानेपोखरी गाउँपालिका–६ र सुन्दरहरैचा नगरपालिका–४ का पुरुषको मृत्यु भएको हो ।

कलेजका प्रबन्धक नारायण दाहालका अनुसार कानेपोखरी गाउँपालिका–६ का ५० वर्षीय पुरुषको बिहान करिब ३ बजे मृत्यु भएको हो । मृतकमा ब्लड क्यान्सरको समस्या थियो ।

सोमबार दिउँसो उपचारका लागि नोबेल ल्याइएका उनलाई ज्वरोको पनि समस्या थियो । पाँच वर्षदेखि ब्लड क्यान्सरको उपचार गराइरहेका उनलाई कोरोना पुष्टि भएपछि आइसोलेसनको भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो ।

छ दिनअघि कोरोना पुष्टि भएका सुन्दरहरैचा नगरपालिका–४ का ४५ वर्षीय पुरुषको पनि मंगलबार बिहान मृत्यु भएको दाहालले बताए । मृतकमा मधुमेहको पुरानै समस्या थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार