• शुक्रबार, साउन १५ २०८३

कोरोनाबाट चितवनमा थप एकको मृत्यु


मंगलबार, असोज २० २०७७
725
Shares


चितवन । कोरोना संक्रमणबाट पूर्वी नवलपरासीका एकजना पुरुषको चितवनमा मृत्यु भएको छ ।

कावासोती नगरपालिका ५ का ७७ वर्षीय वृद्धको चितवन मेडिकल कलेज (सीएमसी)मा उपचारको क्रममा आज विहान मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।

निमोनिया र श्वासप्रश्वासबाट समस्या भइ उनी यही असोज १६ गते अस्पतालमा भर्ना भएका थिए । उनलाई उपचारका क्रममा असोज १८ गते संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएलगत्तै उनलाई कोभिड सघन उपचार कक्षमा राखेर उपचार सुरु गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार