नेपालिहरुको महान् पर्व वडा दशै नजिकिए संगै कलाकारहरुले दशै तिहारका गितहरु सार्वजनिक गरिरहेका छन् , प्राय प्रदेशी हुनुको पिडालाई नै गितमा प्रस्तुत गरिएको पाईन्छ । यसै सन्दर्भमा चर्चित लोकप्रिय गायिका देवि धर्ति मगर र गायक प्रविन श्रेष्ठको मन छुने गित ‘धेरै धोका खाको’ सार्वजनिक भएको छ ।
यो गितको अडियो मात्रै नभई म्युजिक भिडियो पनि बजारमा सार्वजनिक भएको छ । गितमा प्रदेशी र घरदेशी विचको यथार्थ घटनालाई दर्शाईएको छ । गितमा निकै मनछुने मार्मिक शब्दहरु प्रयोग भएका छन् भने कतिको जिवनमा त मेल पनि खाएको छ । त्यस्तै गितमा सुनिल सागरको थेगो रहेको छ ।
चर्चित निर्देशन मदन खड्काको उत्कृष्ट निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियोमा पछिल्लो समयमा निकै व्यस्त मोडेल कलाकार सारिका केसि , डम्बर , अनुुपा , नविन , प्रगति लगायत थुप्रै कलाकारहरुको मनछुने अभिनय रहेको छ ।
गितको म्युजिक भिडियोमा विरेन्द्र भट्ट छांयकन एनम् अमृत चापागाईको सम्पादन रहेको छ ।