• शुक्रबार, साउन १५ २०८३

जम्मु काश्मिरमा भारतीय सैनिकमाथि आक्रमण, २ जनाको मृत्यु


सोमबार, असोज १९ २०७७
710
Shares


काठमाडौँ । जम्मु काश्मिरको पुलवामा भएको आतंकवादी आक्रमणमा २ भारतीय सैनिक (सीआरपीएफ)को मृत्यु भएको छ ।

पुलवाको पामपोर क्षेत्रमा भएको आक्रमणमा उनीहरु मारिएका हुन् । एक्कासि भएको आतंकवादी आक्रमणमा ५ जवान घाइते भएका थिए ।

घाइते ५ जनामध्ये २ जनाको उपचारका क्रममा मृत्यु भएको हो । घाइते अन्य ३ जवानको उपचार भैरहेको जनाइएको छ ।

आक्रमण पंपोर बाइपासमा सोमबार १२ बजेर ५० मिनेट जाँदा भएको थियो । सीआरपीएफको ११० औं बटालियन र जम्मु कश्मीर पुलिसको संयुक्त टोलीमाथि आतंककारी आक्रमण भएको जनाइएको छ । अहिले सो क्षेत्रमा आक्रमणकारीको खोजी जारी रहेको जनाइएको छ ।एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार