काठमाडौं । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २३ हजार ५०७ पुगेको छ। सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।
उनका अनुसार आज थपिएका २ हजार ४४० सहित कोरोना संक्रमितको कुल संख्या ८९ हजार २६३ पुगेको छ । जसमध्ये ६५ हजार २०२ जना निको भएका छन् ।
यस्तै हाल देशभर क्वारेन्टिनमा ४ हजार ३३ जना रहँदा होम आईसोलेसनमा १२ हजार ३१६ र संस्थागत आईसोलेसनमा ११ हजार १९१ पुगेको छ ।
यसैगरी आजसम्म आईसीयूमा २४४ र भेन्टिलेटरमा ४३ जना रहेका छन् ।
आज ३ वर्षीय बालकसहित कोरोनाबाट थप १९ जनाको मृत्यु भएसँगै कोरोनाबाट हालसम्म ज्यान गुमाउनेको संख्या ५५४ पुगेको छ ।
यसैबीच आज काठमाडौं उपत्यकामा मात्रै १ हजार ५३१ जनामा संक्रमण पुष्टि भएको छ । प्रवक्ता गौतमका अनुसार काठमाडौंमा ११७८, भक्तपुरमा १०३ र ललितपुरमा २५० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै आज १३,७८१ जनाको पीसीआर भएको छ भने हालसम्म १० लाख ८८ हजार २२९ जनाको पीसीआर भइसकेको छ।







