काठमाडौं । नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ५ सय ५४ पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोनाभाइसबाट थप १९ जनाको मृत्यु भएसँगै हालसम्म मृतकको कुल संख्या ५ सय ५४ पुगेको हो ।
यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४ सय ४० जनामा संक्रमण पुष्टि भएको छ ।
सोमबारको नियमित प्रेस ब्रिफिङकम स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा मात्रै १ हजार ५ सय ३१ जनामा संक्रमण पुष्टि भएको बताए ।
यस्तै पछिल्लो २४ घण्टामा १ हजार १ सय ३३ जना निको भएसँगै देशभर कोरोना निको हुनेको कुल संख्या ६५ हजार २०२ पुगेको छ । हालसम्म कोरोना संक्रमित हुनेको कुल संख्या भने ८९,२६३ पुगेको छ।
यस्तै आज १३,७८१ जनाको पीसीआर भएको छ।