• सोमबार, साउन ११ २०८३

उपत्यकामा थप १५ सय ३१ जनामा संक्रमण पुष्टि


सोमबार, असोज १९ २०७७
755
Shares

काठमाडौं — काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १५ सय ३१ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा १ हजार १ सय ७८, ललितपुरमा २ सय ५० र भक्तपुर १ सय ३ जना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबारको पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

आइतबार काठमाडौंमा १३ सय ७३, ललितपुरमा १ सय ८७ र भक्तपुर ३९ गरी उपत्यकामा १५ सय ९९ जना कोरोना संक्रमित थपिएका थिए ।

२४ घन्टामा १३ हजार ७ सय ८१ पीसीआर परीक्षण भएका छन् । हालसम्म १० लाख ८८ हजार २ सय २९ पीसीआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार