• सोमबार, साउन ११ २०८३

गोरखामा ९ प्रहरीसहित १८ जनामा कोरोना संक्रमण


सोमबार, असोज १९ २०७७
680
Shares

गोरखा । गोरखामा थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको विज्ञप्ती अनुसार थप १८ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका नयाँ संक्रमित मध्ये ९ जना प्रहरी छन् ।

जसमा गोरखा नगरपालिका —११ का १२ किलो वडा प्रहरी कार्यालयमा कार्यरत ८ जना, र जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत १ जना रहेको स्वास्थ्य कार्यालय गोरखाले जानकारी दिएको छ ।

त्यस्तै थप भएका मध्ये कार्यालयमा कार्यरत २ जना महिला प्रहरीका १२ र ३ वर्षका २ बालक, प्रहरी हिरासतमा रहेका २ जना रहेको कार्यालयले जनाएको छ ।

त्यस्तै १२ किलोमा ब्यवसाय सञ्चालन गर्दै आएका ३ जना, दु्वईबाट आइ होम क्वारेनटाइनमा बसेका १ जना र बिराटनगरबाट आई होम आइसोलेसनमा बसेका एक शिक्षक रहेको बताइएको छ ।

यो सँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार २ सय ३१ पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार