• सोमबार, साउन ११ २०८३

यातायात व्यवस्था कार्यालयका कर्मचारीमा कोरोना, सम्पूर्ण सेवा बन्द


सोमबार, असोज १९ २०७७
690
Shares

Coronavirus concept image with an Indian nurse in protective face mask hold a blood sample vial of a patient


काठमाडौं । यातायात व्यवस्था कार्यालय भक्तपुरका कर्मचारीमा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्मचारीमा संक्रमण पुष्टि भएसँगै कार्यलयले सबै सेवा बन्द गरेको छ । असोज १८ गतेबाट लागू हुने गरी हालका लागि सम्पूर्ण सेवाहरु स्थगित गरेको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार प्रत्यक्ष जनसम्पर्कमा रही सेवा प्रदान गर्दै आएका केही कर्मचारीमा संक्रमण पुष्टि भएपछि भक्तपुरबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु स्थगित गरिएको हो ।

सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको कार्यालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार