• शुक्रबार, साउन १५ २०८३

दशैँमा नयाँ नोट साट्न पाइने


सोमबार, असोज १९ २०७७
1.5K
Shares


काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण यसपटक नेपाल राष्ट्र बैंकले दशैको नयाँ नोट साट्न आफ्ना विभिन्न शाखा कार्यालयमा सर्वसाधारणलाई लाइन लगाउने छैन ।

कोरोनाका कारण लाइन लगाउन सम्भव पनि छैन । तर दशैमा दक्षिणाका रुपमा दिइने नयाँ नोट चाहिएको छ भने अब राष्ट्र बैंक होइन तपाईँ आफ्नो खाता भएको बैंक तथा वित्तीय संस्थाबाट लिन सक्नुहुनेछ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टका अनुसार नयाँ नोट आफूहरुले बैंक तथा वित्तिय संस्थालाई उपलब्ध गराउने र उनीहरु मार्फत नै आम सर्वसाधारणले लिन सक्नेछन् ।

कोरोनाका कारण यस पटकको दशैँमा सरकारले काम तथा पढाइको शिलशिलामा अन्यत्र भएकाहरुलाई घर नफर्कन समेत आग्रह गरेको छ । साथै जो जहाँ छन् त्यहीँ बसेर दशैँ मनाउन सरकारले आग्रह गरेको छ । जहाँ छन् त्यहीँ बसेर दशैँ मनाउन सरकारको आग्रह छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार