• शुक्रबार, साउन १५ २०८३

गण्डकीबाट ८ सय बढीले पुनः श्रम स्वीकृति लिए


सोमबार, असोज १९ २०७७
680
Shares


पोखरा । विश्वभर महामारीका रुपमा फैलिएको कारोना भाइरसको कहरकाबीच गण्डकी प्रदेशबाट ८ सय बढीले पुनः श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगारीमा जान स्वीकृति लिनेमध्ये अघिल्लो वर्षको हकमा संख्या कम भएपनि कोरोना कहरकाबीच ८ सय २६ जनाले पुनः श्रम स्वीकृति लिएका हुन । चालु आर्थिक वर्ष २०७७/७८ साउनमा मात्रै ४ सय २६ जना पुरुष र ६ जना महिलाले स्वीकृति लिएका छन् ।

यस्तै भदौमा पुरुष २ सय १ र महिला ८ जनाले स्वीकृति लिएका छन भने आश्विन १४ गतेसम्म पुरुष १ सय ८३ र महिला २ जना गरी कुल ८ सय २६ जनाले पोखरावाट पुनः श्रम स्वीकृति लिएको श्रम तथा वैदेशिक रोजगार कार्यालय, पोखराका सूचना अधिकारी छन्दनारायण श्रेष्ठले बताए ।

कार्यालय स्थापनासँगै प्रदेशसहित आसपासका बासिन्दालाई श्रम स्वीकृतिका लागि काठमाडौं जानु नपर्ने बाध्यतालाई मध्यनजर गर्दै पोखरावाट पुनः श्रम स्वीकृति हुने भएकाले सेवाग्राहीलाई सहज भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार