http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg
आज हप्ताको दास्रो दिन नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापवाल सुन सोमबार चार सयको दरले घटेर तोलामा ९४ हजार १०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।यस्तै सोमबार चाँदीको मूल्य स्थिर रहेको छ ।
आइतबार तोलामा १ हजार १ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो।