• शुक्रबार, साउन १५ २०८३

आईपीएल : चेन्नाईले पन्जाबलाई १० विकेटले हरायो


सोमबार, असोज १९ २०७७
675
Shares


काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएराति भएको खेलमा चेन्नाई सुपर किंग्सले किंग्स इलाभेन पन्जाबलाई १० विकेटले हराएको छ ।

पन्जाबले दिएको १७९ रनको लक्ष्य पछ्याएको चेन्नाईले विना विकेटको क्षतिमा १७.४ ओभरमा पूरा पर्यो ।

चेन्नाइको जितमा ओपनरद्वय शेन वाटसन र फाप डु प्लेसिसले १८१ रनको साझेदारी गरे । वाटसनले ५३ बलमा ११ चौका र ३ छक्काको मद्दतमा ८७ रन बनाए । यसैगरी प्लेसिसले पनि ५३ बलमा ११ चौका र १ छक्काको मद्दतमा ८३ रन बनाए ।

यसअघि दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७८ रन बनाएको थियो । केएल राहुलले सर्वाधिक ६३ रन बनाए । मयंक अग्रवालले २६, मन्दिप सिंहले २७ र निकोलस पुरनले ३३ रन बनाए । यसैगरी नटआउट हुँदै ग्लेन म्याक्सवेलले ११ र सर्फराज खानले १४ रन जोडे ।

बलिङतर्फ शार्दुल ठाकुरले २ तथा रविन्द्र जडेजा र पियुष चावलाले १–१ विकेट लिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार