• आइतबार, साउन ३१ २०८३

कोरोनामुक्त हुनेको संख्या ६४ हजार ६९ पुग्यो


आइतबार, असोज १८ २०७७
710
Shares


देशभर कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या ६४ हजार ६९ पुगेको छ।

आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा १ हजार ३ सय २९ जना निको भएको जानकारी दिए । यससँगै देशभर निको हुनेको संख्या ६४ हजार ६९ पुगेको गौतमले बताए । हाल कोरोना संक्रमितको कुल संख्या ८६,८२३ पुगेको छ ।

आजमात्रै देशभर थप २ हजार २ सय ५३ जनामा संक्रमण पुष्टि भएको गौतमले जानकारी दिए । उनले आज देशभर सक्रिय संक्रमित २२ हजार २ सय १९ रहेको बताए । जसमा संस्थागत आइसोलेसनमा १० हजार ३ सय २६ र होम आइसोलेसनमा ११ हजार ८ सय ९३ जना रहेका छन् ।

यस्तै बितेको २४ घण्टामा काठमाडौं उपत्यकमा १ हजार ५ सय ९९ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १ हजार ३ सय ७३, ललितपुरमा १ सय ८७ र भक्तपुरमा ३९ गरी कुल १ हजार ५ सय ९९ जनामा संक्रमण पुष्टि भएको हो।

यसैबीच हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ३५ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार