• आइतबार, साउन ३१ २०८३

आज कुन जिल्लामा कति संक्रमित थपिए ?


आइतबार, असोज १८ २०७७
820
Shares


नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २ सय ५३ जना कोरोना संक्रमित थपिएका छन्।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौँ उपत्यकामा १ हजार ५ सय ९९ सहित देशभरमा थप २ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।

आइतबार पनि सबैभन्दा बढी काठमाडौँमा १३ सय ७३ जनाका संक्रमण पुष्टि भएको हो। त्यस्तै बढी संक्रमित थपिने अन्य जिल्लामा ललितपुरमा १८७, मोरङ ८१, कैलाली ५५, रुपन्देही ५२, चितवन ५२ र बाँके ५० रहेका छन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८६ हजार ८ सय २३ पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या २२ हजार २१९ रहेको छ।

हेरौ कुन जिल्लामा कति संक्रमित थपिए ?

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार