नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप २ हजार २ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।
प्रवक्ता गौतमका अनुसार आज देशभरमा संक्रिय संक्रमितको संख्या २२ हजार २ सय १९ रहेको छ। त्यस्तै देशभरमा संस्थागत आइसोलेसनमा रहनेको संख्या १० हजार ५ सय २६ रहेको छ।
पछिल्लो २४ घण्टामा १२ हजार ७ सय ८४ पीसीआर परीक्षण भएको छ।
पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय २९ जना कोरोना संक्रमित निको भएसँगै अहिलेसम्म निको हुनेको संख्या ६४ हजार ६८ पुगेको छ।