• शुक्रबार, साउन १५ २०८३

अब ‘मुन्द्रेको कमेडी क्लब’ मा करिश्मा


आइतबार, असोज १८ २०७७
1.3K
Shares


काठमाडौँ । कलाकार जितु नेपालले सञ्चालन गर्ने चर्चित रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’ निषेधाज्ञा खुकुलो भएसँगै पुनः सुरू हुने भएको छ।

कोरोना महामारीका कारण गरिएको लकडाउनसँगै स्थगित भएको यो सो लामो समयपछि सुरू हुँदा अब प्रसारण हुने शृ‌ंखलालाई ‘सिजन २’भनिएको छ। पहिलो सिजनभन्दा फरक स्वाद दिन कमेडी क्लबमा केही हेरफेर गरिएको जितुले बताए।

नयाँ सिजनसँगै अध्यक्षमा निर्देशक दीपाश्री निरौलाको ठाउँमा नायिका करिश्मा मानन्धर देखिने छिन्। सिजन २ को पहिलो भाग २६ असोजदेखि हरेक सोमबार बेलुकी ८ः४५ मा प्रसारण हुनेछ।

जितुका अनुसार नयाँ सिजनमा करिश्मा बाहेक खड्गबहादुर पुन मगर पनि देखिने छन्।

कोरोना महामारीको जोखिम कायम रहेकाले छायांकनका बेला स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर शर्तकता अपनाइएको समेत उनले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार