• शुक्रबार, साउन १५ २०८३

बाघको छालासहित ४ जना पक्राउ


आइतबार, असोज १८ २०७७
515
Shares


काठमाडौं । महानगरीय अपराध महाशाखाको टोलीले स्वयम्भूबाट बाघको छालासहित चार जनालाई पक्राउ गरेको छ ।

पाटे बाघको छाला बिक्री गर्न लागेको सूचनाको आधारमा महाशाखाको टोलीले स्वयम्भूस्थित होटल प्लाजामा ६० लाखमा बेच्नेगरी ल्याएर राखिएको बाघको छालासहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धादिको गल्छी गाउँपालिकाका टेकबहादुर तामाङ, सुजन थिङ, आशिष तामाङ र मकवानपुरको थाहा नगरपालिकाका सानुकान्छा थिङ रहेका छन् ।

धादिङको स्थानीय व्यक्तिबाट टेकबहादुर तामाङले नगद ३५ लाख रुपैयाँमा छाला खरिद गरी ल्याएको र उक्त पैसा स्थानीय अर्को व्यक्तिले लगानी गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट बुझिएको महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

प्रहरीले बाघ छालाको कारोबारमा अन्य व्यक्तिहरुको संलग्नताबारे अनुसन्धान भइरहेको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार