काठमाडौँ । आइतबार जिप दुर्घटना हुदाँ घटनास्थलमै दुर्य जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ६ जना घाइते भएका छन् ।
घटनास्थलमै मृत्यु भएका दुवै जनाको पहिचान हुन सकेको छैन । प्रहरीका अनुसार मृतक दुवै जना पुरुष हुन् ।
हेटौंडाबाट काठमाडौं जाँदै गरेको ना १ ज ४१०६ नम्बरको जिप मकवानपुरको भीमफेदी गाउँपालिका—६ स्थित उकालोमा टर्निङ नपुगेर व्याक गर्ने क्रममा सडकबाट करिब एक सय मिटर तल खसेको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।
घाइते सबैको प्राथमिक स्वास्थ्य चौकी भीमफेदीमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।