• सोमबार, साउन ११ २०८३

गण्डकीमा आज थप ८७ जनामा संक्रमण पुष्टि


आइतबार, असोज १८ २०७७
1K
Shares


गण्डकी प्रदेशमा आज थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनलायले आइतबार बिहान र दिउँसो गरेर तीन पटक जारी गरेको विज्ञप्तीमा थप ८७ जनामा संक्रमण पुष्टि भएको हो।

आइतबार क्षयरोग उपचार केन्द्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा र चितवन मेडिकल कलेज, चितवनमा गरिएको परीक्षणमा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जनाकारी दिए।

थपिएका संक्रमित मध्ये नवलपरासी पूर्वका ५२, तनहुँका १९, लमजुङका ६, कास्कीका ३, स्याङ्जाका २, बागलुङका ३, गोरखाका २ गरी जम्मा ८७ जना रहेका छन्।

संक्रमित सबैलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जानकारी दिए।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार १ सय ३ पुगेको छ भने आजसम्म संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार