• सोमबार, साउन ११ २०८३

कोरोनाबाट थप एक जनाको मृत्यु


आइतबार, असोज १८ २०७७
710
Shares


काठमाडौँ । विराटनगरमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोसी अस्पतालमा उपचारको क्रममा आइतबार बिहान साढे ८ बजे मृत्यु भएको हो ।

विराटनगर महानगरपालिका– ९ का ६२ वर्षीय पुरुषको कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा उपचारको क्रममा आइतबार बिहान साढे ८ बजे मृत्यु भएको कोभिड उपचार केन्द्रका प्रमुख डाक्टर दीपक सिग्देल जानकारी दिए ।

शुक्रबार कोरोना पोजेटिभ देखिएका पुरुषको स्वास्थ्यमा थप समस्या आएपछि विराट मेडिकल कलेजले उनलाई शनिबार कोसी अस्पताल रेफर गरेको थियो । सिग्देलका अनुसार उनी मधुमेहका बिरामी थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार