• शुक्रबार, साउन १५ २०८३

परदेशीको पिडा समेटिएको गीत ‘तिमीलाई सन्देश’ सार्वजनिक (भिडियोसहित)


आइतबार, असोज १८ २०७७
760
Shares

काठमाडौं – गीतकार ध्रुव प्रसाद अम्गाईको परदेशीको पिडा समेटिएको ‘तिमीलाई सन्देश’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा सुनिल मास्केको संगीत, प्रदीप श्रेष्ठको संगीत संयोजन र हेमन्त कान्छा साईलीको स्वर रहेको छ ।

गीतको भिडियो युवराज वाइबाले निर्देशन गरेका हुन् । जसमा गायक हेमन्त कान्छा र रेनु पुनको अभिनय देख्न सकिन्छ ।

भिडियोमा निश्चल पौडेलको छायाँकन, विकाश दाहालको सम्पादन रहेको छ । भिडियोले रोजगारिको शिलसिलामा परदेशीएको युवक दशैं तिहारमा घर आउन नपाएको पिडा ब्यक्त गरेको छ ।

https://youtu.be/ofPloGg7_Co

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार