मिनीबस दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा अन्य चार जना घाइते भएका छन्।
बेंसीसहरबाट सुन्दरबजार नगरपालिकाको खत्रीठाँटी जाँदै गरेको ग १ ख ६५०१ नम्बरको मिनीबस शनिबार राति ८ बजे बेसीसहर १ उदीपुर बजार नजिकै पल्टिएको हो।
दुर्घटनामा परी बेंसीसहर १ धिमिरेका २६ बर्षीय अर्जुन परियारको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते चारमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए।
सामान्य अवस्थाका दुई घाइतेको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। गम्भीर अवस्थाका दुई जनालाई भने थप उपचारका लागि भरतपुर रेफर गरिएको छ।
तीब्र गतिमा रहेको बसलाई चालकले घुम्तीमा मोड्न नसक्दा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।दुर्घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।