• आइतबार, भाद्र ७ २०८३

कोरोनाबाट थप एक पुरुषको मृत्यु


आइतबार, असोज १८ २०७७
690
Shares


कोरोना संक्रमणबाट भरतपुर अस्पतालमा उपचाररत् एक पुरुषको मृत्यु भएको छ ।

चितवनको कालिका नगरपालिका–७ जुटपानी बस्ने ६२ वर्षीय पुरुषको आइतबार विहान उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए।

असोज १६ गते साँझ ६ बजे उनलाई संक्रमणसहित खोकी, श्वासप्रश्वासमा समस्या भई कोभिड आइसियूमा भर्ना गरिएको थियो।

उपचारका सबै उपायहरु गर्दागर्दै विहान ६ः३५ बजे उनको मृत्यु भएको पौडेलले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार