कोरोना संक्रमणबाट बाँकेको कोहलपुरमा उपचाररत एक सुत्केरीको मृत्यु भएको छ ।
कञ्चनपुरको महेन्द्रनगर–१ निवासी २९ वर्षीया महिलाको बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा आइतबार बिहान साढे ४ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
ती महिलालाई बच्चा जन्माएपछि पनि रक्तश्राव नरोकिएपछि उनलाई कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको थियो ।
सुत्केरी हुँदा नै निरन्तर रक्तश्राव भइरहेकी २९ वर्षीया महिलाले जुम्ल्याहा बच्चा जन्माएकी थिइन् ।
सेती अस्पतालमै बच्चा जन्माएकी महिलाको असोज १४ गते पीसीआर जाँच गर्दा कोरोना देखिएको थियो । ती महिलालाई १५ गते कोहलपुरमा ल्याइएको थियो ।