• आइतबार, असोज १८ २०८३

बहराइनका राजकुमारले चढे लोबुचे हिमाल


शनिबार, असोज १७ २०७७
925
Shares

बहराइनका राजकुमारसहितको टोलीले लोबुचे हिमाल सफलतापूर्वक आरोहण गरेको छ।

नेपाल भ्रमणमा रहेको राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले शनिबार बिहान ८ बजेर ५० मिनेटमा लोबुचे हिमालको सफलता पूर्वक आरोहण गरेको आरोहणको व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेकले जानकारी दिएको छ। उक्त हिमालको उचाइ ६११९ मिटर रहेको छ।

उक्त अवसरमा उनीहरुले बहराइनको झण्डा समेत फहराइएका थिए।

लोबुचे आरोहण दलमा राजकुमार खलिफाका साथमा माउन्टेन गाइड मिंमा शेर्पा, टासीलाक्पा शेर्पासहित २५ जनाको टोली रहेको सेभेन समिटले जनाएको छ।

हिमाल आरोहणका लागि भदौ ३१ गते काठमाडौं आएको राजकुमार खलिफासहितको १५ सदस्यीय टोलीले मनास्लु र लोबुचे हिमाल आरोहणको अनुमति पाएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार