• शनिबार, भाद्र २० २०८३

आज थप २१ सय २० जनामा कोरोना संक्रमण


शनिबार, असोज १७ २०७७
605
Shares

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लाे २४ घण्टामा देशभरमा थप २ हजार १२० जना संक्रमित थपिएकाे बताए। 

प्रवक्ता गाैतमका अनुसार नेपालमा आज सक्रिय संक्रमितको संख्या २१ हजार ३०२ रहेको छ।

प्रवक्ता गौतमका अनुसार आज १२ हाजर ९७८ पीसीआर परीक्षण गरिएको थियाे।

त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ४४ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै कोरोना निको हुनेको संख्या ६२ हजार ७४० पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार