• शुक्रबार, साउन १५ २०८३

कुरिनटारबाट त्रिशुली नदीमा ट्रक खस्याे


शनिबार, असोज १७ २०७७
1.7K
Shares

चितवन । चितवनको इच्छाकामना गाउँपालिका ४ कुरिनटारबाट त्रिशुली नदीमा ट्रक खसेको छ।

भैरहवाबाट काठमाण्डौ जादै गरेको ना ५ ख ९६२२ नम्बरको ट्रक एका बिहानै ८० फिट तल त्रिशुली नदी किनारमा खसेको हो । दुर्घटनामा परि ३ जना घाइते भएका छन्।

दुर्घटनामा परी घाइेत भएका ट्रक चालक गल्छी–७ धादिङ्ग बस्ने २८ बर्षीय रोहित तामाङ, ट्रकमा सवार सोही ठाँउ बस्ने १९ बर्षीय राम कुमार लालचन र अर्का सोही ठाउका २३ बर्षीय राजन भन्ने अर्जुन रुम्बा रहेको ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ।

विहान ५ बजे भएको दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय मुग्लिन र विपद् व्यवस्थापन शिक्षालय कुरिनटारको सशस्त्र टोलीले घाइतेको तत्काल उद्वार गरी उपचारको लागि गजुरी अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार