• सोमबार, साउन ११ २०८३

अब लकडाउन हुदैन : स्वास्थ्य मन्त्रालय


शनिबार, असोज १७ २०७७
3.7K
Shares

देशैभर कोरोनाका सक्रिय संक्रमितको संख्या २५ हजार पुगे पनि लकडाउन नहुने सरकारले स्पष्ट पारेको छ।

शुक्रबार आयोजित नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले तत्काल लकडाउन गर्ने योजना नभएको जनाएका हुन्।

७ असोजमा स्वास्थ्य सचिव लक्ष्मण अर्यालको अध्यक्षतामा बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले देशभर सक्रिय सङ्क्रमितको संख्या २५ हजार पुगेको अवस्थामा सरकार समक्ष लकडाउनको सिफारिस गर्ने निर्णय गरेको थियो।

जसको कारण दशैं, तिहारको मुखमा पुनः लकडाउन हुने भयले सर्वसाधारण चिन्तित हुन थालेका थिए।

शुक्रबार साँझसम्मको तथ्यांक अनुसार देशभरमा सक्रिय संक्रमितको संख्या २१ हजार २ दुई सय ३४ पुगेको छ ।

सक्रिय सङ्क्रमित २५ हजार पुगे सरकारी स्वास्थ्य संस्थाको क्षमताले नधान्ने निष्कर्षसहित सरकारले त्यतिबेला निजी स्वास्थ्य संस्था र होटलमा राख्ने योजना बनाएको स्रोतले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार