आज गोरखामा दिनभर बिजुली बत्ती अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र गोरखाले शुक्रवार सार्वजनीक सुचना जारी गर्दै बिहान १० देखि साँभ ५ बजे सम्म बिजुली बत्ती अवरुद्ध हुने बताएको हो ।
३३ केभि लाईन क्षेत्र भित्र पर्ने गोरखादेखि खैरेनीसम्म बिभिन्न ठाउँमा रुखका हाँगा काट्नुपर्ने भएकाले शनिबार दिनभर ७ घण्टा बिजुली बत्ती बन्द गर्नुपरेको केन्द्रका प्रमुख माधव न्यौपानेले बताए ।