गोरखा । कोभिड— १९ को रोकथाम र व्यवस्थापनमा श्री स्वाँरा सघन गाउँ विकास केन्दले गोरखाका स्थानीय सरकारलाई विभिन्न सहयोग गरेको छ ।
युकेएडको आर्थीक सहयोग तथा म्याकडोनाल्ड को व्यवस्थापनमा सञ्चालीत पूर्णीमा परियोजना अन्तरगत केएर नेपालसँगको साझेदारीमा स्वाँरा सघनले गोरखाका स्थानीय सरकारलाई बिभिन्न सहयोग गरेको हो ।
केन्द्रले खानेपानी सरसफाई तथा स्वच्छता प्रतीकार्य कार्यक्रम अन्तरगत ६ पालिकामा बिभिन्न स्वास्थ्य तथा सरसफाईका कृयाकलाप गरेको कार्यक्रम ब्यवस्थापक दोर्णचार्य तिमल्सिनाले जानकारी दिए ।
परियोजना सञ्चालन भएका सीरानचोक, अजिरकोट, शहिदलखन, गण्डकी, धार्चे र चुमनुब्री गाउँपालिकामा क्वारेन्टाइन सेन्टरहरुमा खुट्टाको सहायताले हात धुने मेशीन जडान, व्यक्तिगत सरसफाई र स्वच्छतामा सहयोग पुग्ने हाइजिन कीट वीतरण, नुहाउने स्थल निर्माण, शौचालय निर्माण लगायत क्वारेन्टाइन सेन्टरको निसंक्रमण कीट तथा स्वास्थ्यचौकी सरसफाई सामग्री , स्वास्थ्य संस्थाहरुलाई व्यक्तिगत सुरक्षा सामग्रीहरु सहयोग गरेकाे उनले बताए ।
सोही परियोजना अन्तरगत शुक्रबार गण्डकी गउँपालीकालाई १ सय ५० सेट पुरुष र २० सेट महिलाले प्रयोग गर्ने हाइजिन कीट सहयोग गरिएको छ ।
एक कार्यक्रमाका विच गाउँपालीकका अध्यक्ष होम बहादुर रानालाई स्वाँरा सघनका कार्यकारी निर्देशक सिताराम श्रेष्ठले सो सामाग्री हस्तान्तरण गरेका हुन ।
साथै गाउँपालीका भित्रका सम्पूर्ण स्वास्थ्य चौकीहरुलाई करीव ३० हजार वरावरको स्वास्थ्य, सरसफाई र व्यक्तिगत सुरक्षा सामग्रि पनि हस्तान्तरण गरीएको बताइएको छ ।
परियोजना मार्फत गण्डकी गाउँपालीको ८ वटा स्वास्थ्य चौकी र १२ वटा क्वारेन्टाइन सेन्टरमा खुट्टाको सहायताले हात धुने मेशीन समेत जडान गरिएको छ भने आवश्यकताका आधारमा वाथरुम र शौचालय समेत निर्माण गरीएको छ ।