काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा उपत्यकाका तीन जिल्लामा थप १ हजार ६ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।
प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँमा १ हजार २ सय ८० भक्तपुरमा १ सय ९६ र ललितपुरमा १ सय ६२ जना कोरोना संक्रमित थपिएका हुन्।