• सोमबार, साउन ११ २०८३

नेपालमा एकै दिन थपिए २७ सय २२ कोरोना संक्रमित


शुक्रबार, असोज १६ २०७७
525
Shares


नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या २१ हजार २ सय ३४ रहेको छ।

त्यस्तै आज देशभर संस्थागत आइसोलेसनमा ९ हजार ४ सय ७४ जना रहेका छन्।

आज थप १४ हजार ७ सय ३९ पीसीआर परीक्षण भएसँगै अहिलेसम्म भएको परीक्षणको १० लाख ४८, ६८६ संख्या पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ३ सय ७ जना कोरोना संक्रमित निको भएसँगै अहिलेसम्म निको हुनेको संख्या ६० हजार ९६ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार