• शुक्रबार, साउन १५ २०८३

शिक्षा मन्त्री पोखरेलको कक्षा १२ का विद्यार्थीलाई सन्देश


शुक्रबार, असोज १६ २०७७
800
Shares


काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमणका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) हुन नसकेपछि कतिपयले कक्षा १२ को परीक्षा नहुने अनुमान गरेका छन् । कक्षा ११ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डको सट्टा विद्यालयले नै लिने भएपछि त्यस्तो तर्क गर्नेहरूलाई थप बल मिलेको छ ।

तर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले भने ढिलो चाँडो कक्षा १२ को परीक्षा हुने बताउँछन् । उनी भन्छन्, ‘यो विद्यालय शिक्षाको अन्तिम परीक्षा हो, त्यसैले पनि अहिलेसम्म परीक्षा नगर्ने कोणबाट सोचिएको छैन ।’

राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गर्नुपर्ने, यसैको आधारमा विश्वविद्यालयमा भर्ना हुनुपर्ने, समकक्षता निर्धारण जस्ता कारणले गर्दा कक्षा १२ को परीक्षा रद्द गर्न नमिल्ने मन्त्री पोखरेलको भनाइ छ ।

‘संक्रमण बढेको कारणले निर्धारित समयमा हुन नसकेको मात्रै हो’ मन्त्री पोखरेल भन्छन्, ‘जनस्वास्थ्यका सम्पूर्ण उपाय अपनाएर, होम सेन्टर बनाएर पनि परीक्षा सञ्चालन गर्छौ ।’

बोर्डले परीक्षा आवेदन फाराम भरेका विद्यार्थीहरू कोरोनाका कारण आफू अध्ययनरत विद्यालय भन्दा फरक जिल्ला वा स्थानमा बसिरहेका छन् छैनन भन्ने विवरण संकलन गरेको छ । जिल्लान्तर भएका विद्यार्थीसँग करिब ८ हजार छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार