अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पलाई कोरोना संक्रमण पुष्टि भएसँगै अमेरिकी सेयरबजारमा ठूलो गिरावट आएको छ ।
केबल न्युज नेटवर्कका अनुसार डो फ्युचर ४३९ अंकले अर्थात् १.६ प्रतिशतले घटेको छ भने एसएण्डपी ५०० फ्युचर २ प्रतिशतले घटेको छ।
त्यस्तै नास्डाक फ्युचर समेत १.८ प्रतिशतले घटेको बताइएको छ। शुक्रबार अमेरिकी सेयरबजारमा सुरुवाती कारोबार हुँदै ट्रम्पकी सहयोगी होप हिक्सको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आइसकेको थियो।
सोही कारण केही सुस्तता आएको बजारमा राष्ट्रपति दम्पतीलाई कोरोना भएको समाचार बाहिरिएसँगै अमेरिकी सेयरबजारमा ठूलो गिरावट आएको हो।