• आइतबार, भाद्र ७ २०८३

आधा किलो सुनसहित दुई जना पक्राउ


शुक्रबार, असोज १६ २०७७
735
Shares


प्रहरीले आधा किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ।उनीहरू दाजुबहिनी हुन्।

पक्राउ पर्नेमा कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर ५ बनकछियाबाट ३४ वर्षीय पवनकुमार गुप्ता र उनकी बहिनी १५ वर्षीया महिमा गुप्ता रहेको प्रहरीले जनाएको छ।

उनीहरू लु ५६ प ६३१० नम्बरको मोटरसाइकलमा भारततर्फ जाँदै गरेका थिए। उनीहरूसहित आधा किलो सुन बरामद गरेको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।

सुनसहित उनीहरूलाई जिल्ला प्रहरी कार्यालय तौलिहवा ल्याएर थप अनुसन्धान अगाडि बढाइएको उनले जानकारी दिए।उनीहरू बिहीबार पक्राउ परेका हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार