• आइतबार, असोज १८ २०८३

आईपीएलः पञ्जावलाई हराउँदै मुम्बई शीर्ष स्थानमा


शुक्रबार, असोज १६ २०७७
790
Shares

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएरातिको खेलमा मुम्बई इन्डियन्सले किंग्स इलाभेन पन्जाबलाई हराउँदै शीर्ष स्थानमा उक्लिएको छ।

मुम्बईले दिएको १९२ रनको विजय लक्ष्य पछ्याएको पन्जाबको टोलीले ८ विकेटको क्षतिमा १४३ रन मात्र बनाउन सक्यो । जारी आईपीएलमा मुम्बईको यो दोस्रो जित हो ।

मुम्बईले पञ्जावमाथि ४८ रनको जित निकालेको हो। जितसँगै चार खेलबाट दुई जितसहित चार अंक जोडेको मुम्बई रनरेटको आधारमा शीर्ष स्थानमा उक्लिएको छ। दोस्रो स्थानमा झरेको दिल्ली क्यापिटल्सको पनि ४ अंक नै छ।

अबुधावीमा बिहीबार भएको खेलमा पहिले ब्याटिङ गरेको मुम्बईले ४ विकेटको क्षतिमा १९१ रन जोड्यो।

पहिलो ओभरमै मुम्बईका क्वान्टन डे कक शून्यमा आउट भएका थिए। त्यसपछि रन सुस्त गतिमा बनाएको मुम्बईका कप्तान रोहित शर्माले पछिल्ला ओभरमा आक्रामक ब्याटिङ गरे। उनले ४५ बलमा ८ चौका र ३ छक्का हिर्काउदा ७० रन जोडे। इशान किसनले २८ रन बटुले।

मुम्बईको रन बढाउन केइरन पोलार्डले उत्कृष्ट ब्याटिङ गरे। नटआउट ४७ रन जोडेका उनले २० बलमा ३ चौका र ४ छक्का प्रहार गरे। हार्दिक पाण्ड्याले ११ बलमा ३ चौका र २ छक्का हिर्काउँदा नटआउट ३० रन जोड्न सफल भए।

१९२ रनको लक्ष्य पछ्याएको पञ्जावले ८ विकेटको क्षतिमा १४३ रन मात्र जोड्यो। यसका लागि मध्यक्रमका ब्याट्सम्यान निकोलास पूरनले ४४ रन जोडे। अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन्।

बलिङमा मुम्बईका जेम्स पाटिनसन, जसप्रित बुमराह र राहुल चाहरले २—२ विकेट लिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार