• शुक्रबार, साउन १५ २०८३

कोरोनाबाट चितवनमा थप एकको मृत्यु


शुक्रबार, असोज १६ २०७७
655
Shares


चितवन — कोरोना संक्रमणबाट भरतपुरको सरकारी अस्पतालमा उपचाररत हेटौंडाका एक संक्रमितको शुक्रबार बिहान मृत्यु भएको छ ।

हेटौंडा, न्युरेनीका ७८ वर्षीय पुरुषको भरतपुर अस्पताल शुक्रबार बिहान साढे ७ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।

ती मृतक पुरुषलाई चितवन मेडिकल कलेजको शिक्षण अस्पतालबाट बिहीबार राति १० बजे भरतपुर अस्पताल ल्याइएको सूचना अधिकारी पौडेलले बताए ।

निमोनियाका कारण श्वासप्रश्वासमा समस्या देखिएका उनलाई भरतपुर अस्पतालले तत्कालै भेन्टिलेटरमा राखेर उपचार सुरु गरेको थियो । तर, उपचारको क्रमममा बिहान ७ः ३० बजे मृत्यु भएको हो । यससहित चितवनमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ४० पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार