• आइतबार, असोज १८ २०८३

कोरोनाबाट मा थप एकको मृत्यु


शुक्रबार, असोज १६ २०७७
585
Shares


काठमाडौँ। कोरोना संक्रमणबाट रुपन्देहीमा थप एकजना पुरुषको मृत्यु भएको छ ।

रुपन्देहीको सैनामैना नगरपालिका–७ रामापुरका ६० वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा बिहीबार राति मृत्यु भएको हो ।

संक्रमण पुष्टि भएपछि असोज १३ गते साँझ ११ बजे अस्पताल भर्ना भएका उनको उपचारका क्रममा बिहीबार राति ११ः५० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । मृतक पुरुष दुई दिनदेखि भेन्टिलेटरमा थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार