गण्डकी विश्वविद्यालयको उपकुलपतिमा गोरखाका प्राध्यापक डाक्टर नवराज देवकोटा नियुक्त भएका छन् ।
सामाजिक विकास मन्त्री नरदेवी पुनको संयोजकत्वमा गठित सर्च कमिटीले २ जनाको नाम सिफारिस गरेकोमा गोरखाका देवकोटाले नियुक्ति पाएका हुन ।
उपकुलपति प्राडा देवकोटालाई आज शुक्रबार नै विश्वविद्यालयका संरक्षक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सपथ ग्रहण गराएका छन् ।
डा देवकोटा कृषि तथा वन विश्वविद्यालय रामपुरमा कार्यरत छन् । उपकुलपतिको पदावधि ५ वर्ष हुनेछ ।
गण्डकी प्रदेशका लागि चाहिने हरेक खालका प्राविधिक र दक्ष जनशक्ति उत्पादनका लागि सरकारले यो विश्वविद्यालय स्थापना गरेको हो ।
विश्वविद्यालयले मेडिकल शिक्षाका साथै शिक्षण अस्पतालसमेत सञ्चालन तयारी थालेको छ ।