गोरखा । गोरखा नगरपालिकाले बजार क्षेत्रका २६ वटा पसल अनुगमन गरेको छ । ती मध्ये ४ वटा विना दर्ता सञ्चालनमा रहेको पाइएको छ ।
दर्ता भएका मध्ये पनि कपितयले घरेलुमा मात्र दर्ता गरेको तर नगरपालिकामा दर्ता नगरेको पाइएको अनुगमन टोलीका संयोजक प्रशासकीय अधिकृत चेतप्रसाद अम्गाईले जानकारी दिए ।
कपितय किराना पसलमा म्याद नाघेका खाद्य बस्तु भेटिएका छन्, केही पसलहरुले मुल्य सुची नराखेको, लेभल बिनाका सामान बेचबिखन गरेको पाइएको छ ।
मापदण्ड विपरित सञ्चालनमा रहेका व्यवासयहरुलाई एक हप्ता भित्र दर्ता, नविकरण र अन्य मापदण्ड पुरा गर्न नगरपालिकाले निर्देशन दिएको छ ।
अयन्था कारवाही गरिने प्रशासकीय अधिकृत अम्गाईले जानकारी दिए । समितिले जिरा मसला तथा किराना, होटल रेस्टुरेन्ट, सौन्र्दय पसल, सुनचाँदी पसलको अनुगमन गरिएको गोरखा नगरपालिकाले जनाएको छ ।